काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झालनाथ खनालले सबै दलहरू मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन् ।
सोमवार पार्टी केन्द्रीय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरूलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सम्मानित नेता खनालले जनताले कुनै पनि एक दललाई बहुमत नदिएकाले सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताए । उनले आगामी १ हप्ताभित्र सरकार कस्तो बन्छ भन्ने छिनोफानो भइसक्ने भन्दै सरकारले सही दिशा दिन सक्नुपर्ने बताए ।
नेता खनालले बाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिएको बताए । उनले सङ्ख्या पुर्याएरसरकार बनाउने, कुनै मन्त्रालय लिने उद्देश्य लिएर अघि बढे धेरै अगाडि पुग्न नसकिने बताए । उनले लक्ष्य, योजनाको आधारमा सरकार बनाउनुपर्ने भन्दै जनताको जल्दा बल्दा समस्याहरू संसद्मा उठान पार्टीका नेताहरूलाई निर्देशनसमेत दिएका छन् ।
FACEBOOK COMMENTS