काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय अर्थतन्त्रले अफ्ठ्यारो परिस्थितिको सामना गरिरहेको बताएकी छन् । बिहीबार बुटवलमा १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन ।
उनले एकातिर व्यापार घाटा, निरन्तर बढी रहेको र अर्कोतिर आयातमाथि निर्भरता बिस्तार भइरहेको भन्दै चिन्ता व्यक्त गरिन । उनले आयातमाथि निर्भरता बिस्तार हुँदा विदेशी मुद्राको सञ्चितिमा चाप बढेको बताइन्। राष्ट्रपति भण्डारीले चुनौतीहरूबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मुलभुत उद्देश्य बनाउनुपर्नेमा जोड दिइन् ।
उनले मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उपार्जन बढाउनु, वन पैदावर र जडिबुटीमा आधारित आयात प्रतिष्थापन गर्ने तथा पर्यटन प्रवद्र्धन तथा जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरु अवलम्वन गर्नु अति आवश्यक भएको पनि बताइन्।
उनले हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाइ युवा जनशक्ति र किसानहरुलाई प्रेरित गर्न उद्योगी व्यवसायीहरूसँग मिलेर काम गर्न आवश्यकता रहेको बताइन् । उनले उद्योगी व्यवसायीहरूसँग मिलेर काम गर्न सके केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरु निर्माण हुने र रोजगारी उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गरी पुँजी र प्रतिभाको पलायन रोक्न सकिने बताइन् ।
FACEBOOK COMMENTS