काठमाडौं । भाट–भटेनी सुपरमार्केटमा सामान खरिद गर्दा नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत(अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्ने भएका छन् ।
क्यासब्याकको अफर नेपाल भरका भाटभटेनीका शाखाहरुमा १० पुसदेखि १० माघसम्म उपलब्ध हुनेछ ।
डायनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा जडान भएको नेपाल पे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आईपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
भाटभटेनीमा नेपाल पे क्यूआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो ।
देशको सबै भन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS