काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले बैंकबाट बिदा लिएकी छन ।
श्रेष्ठले छाडेपछि वरिष्ठ नायब महाप्रबन्धक तुल्सिराम पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । श्रेष्ठले दिएको राजिनामा पुस ७ गते बसेको बैंक सञ्चालक समितिले ८ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ ।
FACEBOOK COMMENTS