काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको ८४ औं बैठकले आ.व. २०७७/७८ को मुनाफाबाट ९.१०५३ लाभांश घोषणा गरेको हो ।
कम्पनीको हाल कायम चुक्ता पूंजीको ८.६५ प्रतिशत बोनश शेयर र ०.४५५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ)वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS