काठमाडौं । सन् २०२३ को पहिलो दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ सय रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।
FACEBOOK COMMENTS