काठमाडौं । एनसीसी र कुमारी बैंक मर्ज भएर बनेको कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेशराज अर्याल नियुक्त भएका छन् ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्ति गरेको छ । बरिष्ठ डेपुटी सीईओमा रामचन्द्र खनाल रहनेछन् ।
आइतबारदेखि एनसीसी बैंक र कुमारी बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै बैंकको स्वाप रेसियो १ः१ अनुपात रहेको छ ।
बैंकको मुख्य कार्यालय हाल कुमारी बैंकको कार्यालय रहेको स्थान टंगालमा नै रहने छ । बैंकको सञ्चालकमा कुमारीको ३ र एनसीसीमा ३ जना रहनेछन् ।
मर्जरपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ । मर्जरपछि एकीकृत कारोबारको अन्तिम तयारीमा रहेका दुवै बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको हो । बैंकले पुस १७ गतेदेखि १५ दिनका लागि सेयर कारोबार रोक्का गरेका छन् ।
FACEBOOK COMMENTS