काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा पछिल्लो एक दशक अवधिमा उल्लेखनीय प्रगति भएको बताए ।
बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।
“बैंक तथा वित्तीय संस्थामा पैसा राख्दा डुब्दैन भनेर आम मानिसमा विश्वास देखिन्छ । अहिले उनीहरूले पूँजी बढाएका छन् । प्रविधिमा प्रगति भएको छ”, उनले भने ।
अनुमतिपत्रमा गरिएको कडाइ, वित्तीय साक्षारता कार्यक्रमको प्रभावकारिता, बीमा कार्यक्रम र बैंक तथा वित्तीय संस्थाको क्षेत्रगत कर्जा विस्तार योजनालगायत नियामकीय निकायले लिएका नीतिका कारण बैंक तथा वित्तीय संस्थामा सकारात्मक प्रभाव देखिएको खतिवडाको भनाइ छ । नेपालका बैंक तथा वित्तीय संस्थाले कर्जाको आकारभन्दा गुणस्तर बढाउनुपर्ने धारणा पनि उनले राखे ।
FACEBOOK COMMENTS