काठमाडौँ । माघे संक्रान्तिको अवसरमा तीनदिने मगर मौलिक मगर साँस्कृतिक राष्ट्रिय महोत्सव हुने भएको छ ।
नेपाल मगर संघ केन्द्रीय समितिले आज रिपोर्टर्स क्लब पत्रकार सम्मेलन गर्दै महोत्सवको आयोजना गर्न लागेको बताएको हो । समितिका अनुसार पुष २९, ३० र माघ १ गते काठमाडौंको टुँडिखेलमा महोत्सवको आयोजना गरिनेछ ।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने संघले बताइएको छ । कार्यक्रममा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक खेल धनुष वाण हान्ने, क्षलो हान्ने खेल लगायतका कार्यक्रम रहने बताइएको छ । कार्यक्रममा मगर समुदायका अन्य संघ संस्थाहरुको पनि प्रतिनिधित्व रहनेछ ।
कार्यक्रममा पुष २९ र ३० गते मौलिक सांस्कृतिको प्रदर्शन हुने र सोही दिन मगरहरुको परम्परागत खेलहरु हुनेछने भने माघ १ गते बिहान १० बजेदेखि भृकुटीमण्डपबाट ¥यालीको आयोजना गरिनेछ ।
FACEBOOK COMMENTS