काठमाडौं । कृषि विकास बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
बैैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करसहित गरी ११ प्रतिशत लाभांश दिने घोषणा गरेको हाे । बैंकले अग्राधिकार सेयर पुँजीमा वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा समेत गरेको छ।
यो प्रस्ताव नेपाल राष्ट्र बैकबाट स्वकृती भए पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।
FACEBOOK COMMENTS