काठमाडौँ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका लागि निष्काशित शेयर बाँडफाँड गरेको छ ।
लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जारी पूँजीको १०% अर्थात दश करोड रकम बराबरको एक सय रुपैंयाँ अंकित दरका एक लाख कित्ता साधारण शेयरमध्ये संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाको वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी नगरपालिकाको वडा नं. ४ र ६ का स्थायी बासिन्दाहरुको लागि छ लाख र प्रभावित क्षेत्र धर्मदेवी न.पा.को वडा नं. ३,४ र ५, मादी नगरपालिकाको वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका स्थायी बासिन्दाहरुको लागि चार लाख कित्ता साधारण शेयरहरु २०७९ मङ्सिर २३ गतेदेखि पुस १७ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएकोमा आज मिति मङगलबार सो शेयर बाँडफाँड गरेको हो ।
उक्त शेयर बाँडफाँडमा अति प्रभावितमा एक हजार ७७२ जना आवेदकबाट प्राप्त छ लाख ९० हजार ९४० कित्ताको लागि प्राप्त आवेदन रितपूर्वक प्राप्त भएकोमा १० कित्तादेखि एक हजार दुई सय कित्तासम्म आवेदन आवेदकलाई सम्पूर्ण कित्ता गरी जम्मा पाँच लाख २१ हजार ६२० कित्ता शेयर र एक हजार दुई सय कित्ताभन्दा बढी नौ हजार ५२० कित्ता शेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरुलाई एक हजार दुई सय कित्ता शेयर गरी ७८ हजार कित्ता शेयर गर्दा जम्मा पाँच लाख ९९ हजार ६२० कित्ता शेयर भएको र बाँकी रहेको तीन सय ८० कित्ताको लागि एक हजार तीन सय कित्तादेखि नौ हजार पाँच सय २० कित्तासम्म आवेदन दिने ६५ जनामध्ये ३८ जना हरेकलाई १० कित्ता शेयर बाँडफाँड गरिएको हो ।
साथै प्रभावितमा दुई हजार ६२ जना आवेदकहरुबाट चार लाख एक हजार आठ सय कित्ताको लागि आवेदन प्राप्त भएकोमा रितपूर्वक प्राप्त भएका आवेदनहरुमध्येहरुलाई चार लाख कित्ता शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरेको छ ।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।
FACEBOOK COMMENTS