रुपन्देही । लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् ।
बुधबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजेसम्मको समय सीमा तोकेका थिए।
प्रदेश प्रमुख शेरचनले दिएको अवधि भित्रै दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।
गिरीले ७ दलका ५८ सांसदको हस्ताक्षरसहित बुधबार दिउँसो २ बजे मुख्यमन्त्रीको लागि दाबी पेश गरेका हुन्।
मुख्यमन्त्रीको दाबी पेशका लागि सत्ता गठबन्धनमा आवद्ध दलका सांसदहरू हस्ताक्षर सहितउपस्थित भएका थिए।
FACEBOOK COMMENTS