काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड बुधबार साँझ ओली निवास बालकोट पुगेका हुन् । स्रोतका अनुसार प्रचण्ड मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदबाट प्रचण्ड विश्वासको मत पाएका छन् । यो सँगै उनी मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन् ।
FACEBOOK COMMENTS