काठमाडौं । पुस मसान्तसँगै सूचीकृत कम्पनीलाई साधारणसभाको चटारो रहेको छ ।
आज आज पुस २९ गते विभिन्न १७ वटा कम्पनीको साधारण सभा हुँदैछ । शुक्रबार शिवम् सिमेन्ट, हिमालयन पावर पार्टनर,भिजन इनर्जी,नविल बैंक,कालिका पावर,माछापुच्छ्रे बैंक, नेपाल हाइड्रो डेभलोपर्स, आइसीएफसी फाइनान्स, नेपाल बैंक,मञ्जुश्री फाइनान्स, सेन्ट्रल फाइनान्स, आरएसडिसी लघुवित्त, श्वेत गंगा हाइड्रोपावर, एनआईसी एशिया बैंक,महालक्ष्मी विकास बैंक,श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र याम्बालिङ्ग हाइड्रोपावरले सभा बोलाएका छन् ।
शिवम सिमेन्टले आर्थिक बर्ष २०७८/७९ को नाफाबाट १०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाका लागि कम्पनीले पुस २० गते बुक क्लोज गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
नेपाल हाइड्रो डेभलपरले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.०२६३ प्रतिशत नगद लाभांको प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
हिमालयन पावर पार्टनरले दशौ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम रहेका शेयरधनीहरुले सभामा भाग लिन पाउने छन् । यस पटक कुनै पनि लाभांश घोषणा गरिएको छैन ।
भिजन इनर्जी एण्ड पावरले सातौं वार्षिक सभा आजका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरू गर्ने जनाएको छ । सभाले स्थानीय तथा सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
नविल बैंकले आजका लागि सभा बोलाएको छ । सभाले ११.५० प्रतिशत नगद लाभांश र १८.५० प्रतिशत बोनस शेयर सहित ३० प्रतिशत लाभांश पारित गर्नेछ । बैंकले अधिकृत पूँजी २८ अर्ब पुर्याउने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ४ अर्ब २२ करोड बराबरको बोनस शेयर अर्थात चुक्ता पूँजीको १८.५० प्रतिशत पारितका लागि सभामा पेश गर्नेछ । प्रस्तावित बोनस शेयर वितरण पछि बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।
कालिका पावर कम्पनीले हाल कायम चुक्ता पुँजी ६९ करोडको १५ प्रतिशतले हुन आउने १० करोड ३५ लाख बराबरको बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कम्पनीले कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना र स्वतन्त्रबाट १ जना गरी ३ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । आगामी आर्थिक वर्षको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती र नीजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
नेपाल बैंकले आज साधारण सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई २ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत १० प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नेछ ।
एनआईसी एशिया बैंकले साधारण सभा गर्ने भएको छ । बैंकको पुस ६ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभाको मिति तय गरेको हो । बैंकले काठमाडौँको तिलगंगामा रहको होटेल आनन्द प्रालिमा सभा आयोजना गर्ने जनाएको छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि पुस १८ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
महालक्ष्मी विकास बैंकले आज सभा बोलाएको छ । कम्पनीले लैनचौर ब्यक्वेटमा सभा आह्वान गरेको हो ।कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनश शेयर र ६ दशमलव ४७ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ४७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले २८औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे गर्नेछ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा २ दशमलव ४० प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।
याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले पुस २९ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले हार्दिक होटल बागबजार, काठमाडौंमा बिहान ८ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै आइपीओ जारी गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ । साथै कम्पनीको सञ्चालक समितिमा एकजना अनिवार्य महिला सदस्य रहने गरी नियमावली संशोधनको विषय पनि सभाले पारित गर्नेछ ।
FACEBOOK COMMENTS