काठमाडौँ । नेपालको लागि टाटा मोटर्सको एक मात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह–आयोजनामा “नेक्सन् इभी रेन्ज टेस्ट २०२३” प्रदर्शनात्मक कार्यक्रम आइतबार भैरहवामा सफलतापूर्वक सम्पन्न भएको छ ।
नेक्सन इभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरुको उल्लेख्य एवं उत्साहजनक सहभागिता रहेको थियो ।
भैरहवा सडकमा ३९७ किमिसम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौँका सलिम श्रेष्ठको ३४७ किमि रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भई प्रथम भएका थिए । ३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोश्रो भए । त्यसैगरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराईले तेस्रो स्थान हासिल गरे । कार्यक्रममा सहभागीमध्ये २२ जनाले ३०० किमि रेन्जभन्दा बढी निकालेका थिए ।
कार्यक्रममार्फत उत्कृष्ट तरिकाले इभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्नसक्ने उत्कृष्ट सहभागीहरुलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाणपत्रका साथ सामसुंग स्मार्ट एलईडि टिभी जितेका थिए भने दोश्रो स्थानमा प्राप्त गर्ने गोपाल शर्माले सामसुङ ओभेन जितेका छन् ।
त्यस्तै, तेश्रो स्थान प्राप्त गर्ने सुवोध भट्टराईले एयर फ्रायर जितेका छन् ।
विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरुका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरूप्रति ग्राहकको दुविधालाई हटाई यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्त जंग सिजापतीले बताए ।
यही पौष ३० गते सिप्रदी ट्रेडिङ पथरडाँडाबाट समुद्घाटन गरिएको कार्यक्रम भैरहवास्थित बुद्ध चोक, देवकोटा चोक, गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल हुँदैै बुटवल बजार परिव्रmमा गरी सिद्धार्थ कटेजमा पुगेर समापन गरिएको थियो । उक्त कार्यक्रममा ४० भन्दा बढी नेक्सन ईभीको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS