काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ३ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
बुधबार साविकको मेगा बैंकको ६४ लाख ४८ हजार १८४.५८ कित्ता, गुराँस लाइफ इन्स्योरेन्सको १५ लाख ५१ ह्जार २०० कित्ता, रु रु जलविद्युत परियोजनाको ४ लाख ४८ हजार ४७६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
मेगा र रु रु ले आर्थिक वर्ष २०७८/७९ र गुराँस लाइफले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएका छन् । उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो ।
FACEBOOK COMMENTS