काठमाडौं । बाजुरामा केन्द्रबिन्दु बनाएर मङ्गलबार दिउँसो गएको भूकम्पका कारण चार घर भत्किएका छन् ।
दिउँसो २ बजेर ४३ मिनेटमा बैतडीसहित सुदूरपश्चिममा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पले बाजुराको बडिमालिका नगरपालिकाका–७ र ९ नम्बर वडामा चार वटा घर भत्किएका छन् भने मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्पले घर भत्केको सूचना आएपछि प्रहरीले टोली परिचालन गरेको थियो ।
बाजुरा केन्द्र बिन्दु भएर गएको भूकम्पको धक्का, बैतडी, बझाङ, अछाम, डडेल्धुरा र धनगढीलगायतका जिल्लामा महसुस गरिएको छ । अन्य जिल्लामा कुनै धनजनको क्षति नभएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS