काठमाडौं- नेपाली कला,संस्कृतिको अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धनका लागी नेपाली स्रष्टा,सर्जकहरुलाई विश्वव्यापी पहिचानका लागी अंग्रेजी नव वर्ष २०२० को अवसरमा थाइलैण्डमा ग्लोवल ईन्टरनेशनल अवार्डको आयोजना हुने भएको छ । वल्र्डवाइड मिडिया नेटवर्कद्वारा आयोजना हुन लागेको अवार्डमा २०७५ साल साल बैशाख देखि २०७६ साल आश्विन मसान्त सम्मको गीतहरु दर्ता गर्न सकिने आयोजक संस्थाले जानकारी दिएको छ ।
अवार्डमा गीत तर्फ नेपाली तामाङ्ग सेलो, म्याहेंदोमाया, लोक दोहोरी, पप र आधुनिक गीतहरुको दर्ता गर्न सकिने छ भने अन्य विधामा समेत नेपालबाट अवार्डका लागी छनौट भएका आफ्नो क्षेत्रमा अमूल्य योगदान दिने स्रष्टाहरुलाई अवार्ड प्रदान गरिने आयोजक समितिले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ ।
नेपालबाट छनौट भएका करीव ४० जना स्रष्टाहरुलाई थाईलैण्डमा हुने उक्त भव्य कार्यक्रममा अवार्ड प्रदान गरिनुका साथै नेपालका चर्चित कलाकाहरुको प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ । नेपालको विश्वसनीय ट्राभल्स संस्था कान्तिपुर होलीडेजले कार्यक्रममा सहभागी कलाकारहरुको भ्रमण व्यबस्थापनको सम्पूर्ण जिम्मेवारी लिएको छ । सहभागी कलाकारहरुलाई थाईलैण्डको बैंकक तथा पटायाका विभिन्न रमणीय स्थानको अवलोकन गराउनुका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु राखेका नेपालकै सर्वाधिक गुणस्तरीय ट्राभल्स संस्थाको उपमा पाएको कान्तिपुर होलीडेजका महाप्रबन्धक हेमराज भट्ले जानकारी दिए ।।
FACEBOOK COMMENTS