काठमाडौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोनस ४.७५ प्रतिशत र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS