काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह तथा नविकरणमा नयाँ व्यवस्था गरेको छ ।
बिहीबार राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त“क”, “ख” र “ग”वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन तथा परिमार्जन गर्दै नयाँ व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थामा इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा प्रवाह-नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ ।
यस्तै भाखा नाघेको वा ननाघेको कुनै पनि कर्जा-सापटलाई कुनै पनि अवस्थामा खराब कर्जामा वर्गीकरण गर्नु पर्नेछ र सो को लागि बैंक तथा वित्तीय संस्थाले उपयुक्त प्रणाली एवम् पूर्वाधारको विकास गर्नुपर्ने व्यवस्था गरिएको छ ।
FACEBOOK COMMENTS