काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सगरमाथा इन्स्योरेन्सको नाफा ०.९३ प्रतिशतले बढेर १७ करोड ९३ लाख ४९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १७ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन ७२ करोड ६९ लाख २९ हजार रुपैयाँ रहेको छ । जुन गत आवको सोही अवधिमा ७७ करोड ८३ लाख १७ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको बीमा कोष १ अर्ब १३ करोड २९ लाख ६८ हजार बाट बढेर १ अर्ब २९ करोड ७ लाख ७३ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी २६ रुपैयाँ ९० पैसमा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ ०५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS