काठमाडौँ । मुम्बईमा उपचाररत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको आजै दुईपटक शल्यक्रिया गरिने भएको छ । भण्डारीसँगै मुम्बईमा रहेका नेपाली कांग्रेसका नेता योगराज कंडेलका अनुसार उनको बिहान १०ः३० बजे पहिलो र दिउँसो १ः३० बजे दोस्रो शल्यक्रिया हुनेछ ।
बुधबार राति काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर दुर्घटनामा परी नेता भण्डारी र उनकी आमा हरिकला जलेका थिए । आमाको बिहीबार कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भइसकेको छ । भण्डारीको श्वासनली र फोक्सोमा गम्भीर असर देखिएपछि उपचारका लागि बिहीबार नै भारत लगिएको थियो ।
FACEBOOK COMMENTS