काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन गणतन्त्रविरोधी भएकाले धेरै दिन नटिक्ने दाबी गरेका छन् ।
आज आइतबार काठमाडौंको कीर्तिपुरमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पदका विषयमा गठबन्धन धराप अवस्थामा पुगिसकेको भन्दै राष्ट्रपतिको निर्वाचनपछि यसको भविष्य टुङ्गो लाग्ने बताएका हुन् ।
उनले वर्तमान सत्ता गठबन्धन संविधान र गणतन्त्रविरोधी भएको आरोप लगाउँदै भने, ‘संविधान र गणतन्त्रविरोधीलगायत सबै शक्तिहरु गठबन्धनमा रहेकाले गठबन्धन धेरै दिन टिक्ने संकेत देखिएको छैन ।’ नयाँ घण्टी बजाउदै आएका पार्टीको चरित्र पनि जनताले देखिसकेको र पदकै लागि कुरा नमिल्दा गठबन्धन भत्किनेतर्फ उन्मुख भएको अध्यक्ष नेपालको भनाइ छ ।
FACEBOOK COMMENTS