काठमाडाैं । मेराे माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले फिल्ड कर्मचारीका लागि ‘प्रभावकारी फिल्ड व्यवस्थापन’ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
दुई दिने तालिममा संस्थाका अनुगमन कार्यालय बट्टार, नुवाकोट र कटुन्जे, भक्तपुर अन्तर्गतका १६ शाखा कार्यालयका ४८ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
तालिमलाई सम्बोधन गर्नुहुदै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले कर्मचारीहरुलाई तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा उतार्ने र मनोबल उच्च बनाइ सेवा प्रवाह गर्न आग्रह गरे ।
तालिममा संस्थाले दिदै आएको सेवा तथा सुबिधा, वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावकारीता, सम्भावना र चुनौती, कर्मचारीको व्यक्तित्व विकासका विषयमा तालिम दिईएको थियो। तालिम योजना तथा तालिम बिभागका प्रमुख उमेश मान डङ्गोल, कर्जा बिभागका रबि प्रसाद आचार्य लगायतले प्रशिक्षण दिएका थिए।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुबित्त सेवा प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS