काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले आफ्नो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई अस्थिर बनेर लगाईएको आरोपको खण्डन गरेका छन् ।
उनले नेपालको संसद्को बनोटअनुसार सहमति र सहकार्यको राजनीति अघि बढाउनुपर्ने बाध्यतालाई प्रचण्डले आत्मसात् गरेको र सोहीअनुसार भूमिका निर्वाह गरेको दाबी गरे । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने पार्टीको निर्णय राष्ट्रिय हित र जनमतअनुसार रहेको भन्दै उनले उक्त निर्णयको स्वागत गरे ।
आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सुरुवातमै सुनाए–‘वास्तवमा कोही हाम्रा होईनन, हामी कसैका होईनौं । हामी सत्य र ठीकका । सत्य र ठीक हाम्रो, यो अनुसार राजनीति चल्छ रु यो गाह«ो छ । यो त राजनीतिभन्दा परको विषय हो । राजनीति अहिलेको परिस्थितिअनुसार हुन्छ । प्रचण्ड कांग्रेससँग सहमति नभएपछि प्रधानमन्त्री नेपालमा खाली हुन्थ्यो रु हुँदैनथियो । अर्को प्रधानमन्त्री हुन्थ्यो । जसरी प्रचण्ड प्रधानमन्त्री हुनुभयो, त्यसैगरि अर्को व्यक्ति हुन्थ्यो ।’
उनले तत्कालिन नेकपा विघटन नगरेको भए अहिले नेपालको राजनीति अर्कै दिशामा पुगेको हुनेथियो भन्ने टिप्पणी गरे । उनले भने,‘प्रतिनिधिसभा विघटन गर्नु यो देशको निम्ति अभिषाप थियो । अझै केपी ओलीले मैले गरेको ठीक छ भनेर हिँड्ने काम भयो, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति चाहियो भन्ने कुरा गर्नु गलत हो रु ओलीजी एक्लै बनाउनुहुन्छ त रु झगडा कहाँबाट सुरु भयो भन्दा–जनयुद्ध दिवस सर्वसम्मत् पारित भयो । उहाँले पर्सीपल्ट अपराध दिवस हुनुपर्दथ्यो त्यो कताबाट जनयुद्ध दिवस भयो भनेर भन्नुभयो । एमालेपनि क्याविनेटमा छ है । अनि अस्थिर त केपी ओली हो नि । संसद् विघटन ठीक छ भनेर बोल्ने रु कहिले राजावादीसँग मिल्ने । अस्थिर प्रचण्ड होईन, ओली हो ।’
उनले नेपालको इतिहासमा संसद्मा ९९ प्रतिशत विश्वासको मत पाउने प्रचण्ड पहिलो प्रधानमन्त्री भएको पनि स्मरण गराए । उनले अहिलेको संसद्मा नेपाली कांग्रेस ठूलो दल भएकोले उसलाई पनि साथमै लिएर जान खोज्नु गलत नभएको दाबी गरे । उनले भने,‘कांग्रेसलाई इग्नोर गरेर राष्ट्रिय सहमति हुँदैन् । राष्ट्रिय सहमति गर्नु भनेको के गलत हो रु’
बिडारीले अहिलेको संसद् पूरै कार्यकाल चल्ने सुनिश्चित्ता भएको उल्लेख गरे । उनले भने,‘संसद् र सरकार दुवै पाँच वर्ष गरेर बिताउँ भनेको हो । प्रधानमन्त्री फेरिएला । तर संसद्ले सरकार पाँच वर्ष नै चल्नुपर्छ । बीचमै चुनाव गर्न पाईन्नँ । नेपाली जनताको अवस्था नाजुक छ । सभामुख एमालेलाई, प्रधानमन्त्री माओवादी केन्द्र अनि राष्ट्रपति कांग्रेसलाई भन्दा के नराम्रो भयो रु सबै मिलेर जानुपर्छ । सहमति गरेर जानुपर्छ । बरु उच्चस्तरीय संविधान सुधार समिति वा आयोग गठन गर्नुपर्छ ।’
FACEBOOK COMMENTS