काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि आजदेखि साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८० लाख ९५ हजार रुपैयाँको ८० हजार ९५० कित्ता सेयर निष्कासन गरेको हो ।
जसमा ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ । १ हजार ५०० कित्ता सेयर कर्मचारी, १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
आईपीओमा फागुन २३ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत २ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धमा मेगा क्यापिटल रहेको छ । आवेदनकर्ताले सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS