काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुपर मादी हाइड्रोपावरको सेयर कारोबार आइतबारदेखि सुरु भएको छ ।
कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा भएको छ । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले सुपर मादीको पहिलो कारोबारका लागि न्यूनतम ९९ रुपैयाँ ८० पैसादेखि अधिकतम २९९ रुपैयाँ ४० पैसासम्म रेन्ज तोकेको थियो । उक्त रेन्जको माथिल्लो विन्दुबाट यसको कारोबार खुला भएको हो । ‘एसएमएचएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ ।
सुपर मादीको चुक्ता पुँजीका आधारमा कायम २ करोड १० लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । यता, बिहीबार नै सूचीकृत शुभम् पावर कम्पनीको सेयर कारोबार भने आइतबार खुला हुन सकेन । स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि सेयर कारोबार हुन नसकेको हो । अब सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच भएमा मात्र शुभमको सेयर कारोबार खुला हुनेछ । शुभमको ओपनिङ रेन्ज न्यूनतम ८८ रुपैयाँ ४८ पैसादेखि अधिकतम २६५ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
FACEBOOK COMMENTS