काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका छन्।
।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्मा र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मङ्गलबहादुर शाहीलगायतसँग भएको भेटवार्तामा मन्त्री मोदीले कर्णाली प्रदेशको विकासको सन्दर्भमा चासो राखेका हुन् ।
मन्त्री मोदीले कर्णालीको विकासको सवालमा आफूले निभाउनुपर्ने भूमिका निर्वाह गर्ने बताए । “कर्णाली प्रदेशको समग्र विकासका सन्दर्भमा मैले निर्वाह गर्नुपर्ने भूमिकाका लागि म सदैव तत्पर छु”, मुख्यमन्त्री शर्मासहितको प्रतिनिधिमण्डललाई मन्त्री मोदीले भने, “कर्णालीलाई समृद्ध बनाउने तपाईंहरूको यात्रामा सदैव सँगै हुन्छु, तपाईंहरूलाई गर्नुपर्ने सहजीकरणमा म सदैव सँगै हुन्छु ।”
मुख्यमन्त्री शर्माले समृद्ध कर्णालीका लागि आफूहरूले चरणबद्धरूपमा काम गरिरहेको बताए। आफूहरूको समस्यामा सङ्घीय सरकारको पनि साथ खोजेको मुख्यमन्त्री शर्माको भनाइ थियो । भेटका क्रममा मन्त्री मोदी र मुख्यमन्त्री शर्माबीच बधाई ज्ञापन साटासाटसमेत भएको थियो ।
FACEBOOK COMMENTS