काठमाडाैं । नेपाल राष्ट्र बैंकले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तलाई मर्जरको लागि सैद्दान्तिक सहमति प्रदान गरेको छ।
राष्ट्र बैंकले फागुन २८ गते यी दुई संस्थालाई मर्जरमा जानको लागि सैद्दान्तिक सहमति प्रदान गरेको हो ।
यस सँगै अब दुवै कम्पनीले आ-आफ्नो कम्पनीको साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेर अन्तिम स्वीकृतिको लागि राष्ट्र बैंकमा संयुक्त निवेदन पेश गर्नु पर्ने छ ।
राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि एकिकृत कारोबारको लागि बाटो खुल्ने छ ।
काभ्रेपलाञ्चोक जिल्लामा केन्द्रीय कार्यालय रहेका यी दुई लघुवित्तले मर्जर सम्झौता गरेका हुन् ।
बनेपा नगरपालिका-७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र बनेपा नगरपालिका-५ मा केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त एक आपसमा मर्ज हुन लागेका हुन् ।
FACEBOOK COMMENTS