काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजीफिन्को प्रालिले स्थापनाको २० वर्ष पूरा गरेको छ ।
२०औँ वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष निर्वाण चौधरीले कम्पनीको सफलताको आधार ग्राहक भएको बताए । अध्यक्ष चौधरीले आफ्नो पहिलो विजनेशका रुपमा स्थापित सीजीफिन्कोले आफ्नो विजनेश करियरमा कोशे ढुंगााको काम गरेको स्मरण गर्दैन नयाँ लगानी र महत्वपूर्ण निर्णयहरू गर्दा यस कम्पनीबाट आफूलाई प्रोत्साहन मिल्ने बताए ।
सीजीफिन्को नेपालमा वैदेशिक मुद्रा भित्र्याउने जिम्मेवारीमा अब्बल सावित हुँदै आएको र विदेशमा रहेकाहरुका लागि नेपालमा पैसा पठाउने भरपर्दो साथी बन्न सकेकोमा सन्तोष ब्यक्त गरे ।
‘सीजीफिन्कोले मेरोविजनेश करियरमाखास महत्व राख्छ। मलाई लाग्छ २०बर्षअघि सीजीफिन्कोको स्थापनाले नेपालको विप्रेषण उद्योगलाई रूपान्तरण गरेको थियो र आजविप्रेषण उद्योग नेपालको कुलगार्हस्थ्यउत्पादनमा सबैभन्दा बढी योगदानदिने क्षेत्र बनेको छ’, चौधरीले भने ।
विदेशमा कामगर्ने नेपालीहरूकालागि नेपालमा पैसा पठाउने एक विश्वसनीय संस्था मात्र नभई सीजीफिन्कोले गैरकानूनी रूपमा हुने रकम हस्तान्तरण न्यूनीकरणमा पनि महत्वपूर्ण योगदान गरिरहेको उनले बताए ।
२००३ मा स्थापित सीजीफिन्को अमेरिकन कम्पनी वेस्टर्न युनियन मनि ट्रान्सफरको नेपालका लागि सुपर एजेन्टको रुपमा काम गर्दै आएको छ । देशभर १०० ओटा आउटलेटबाट सेवा सुरु गरेको यस संस्थाले अहिले चार हजारभन्दा बढी एजेन्टमार्फत नेपालभर विप्रेषण सेवा दिँदै आएको छ ।
FACEBOOK COMMENTS