काठमाडौं । स्मार्टफोन कम्पनी शाओमीले दुई बाल आश्रमलाई शैक्षिक तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
शाओमीले गोदावरीमा रहेका मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रूपमा शाओमीले गोदावरीस्थित मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई दुई सयभन्दा बढी स्कूल ब्याग, स्टेशनरी सामानहरु, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजरहरू प्रदान गरेको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पाण्डेले संस्थाहरूलाई सहयोग हस्तान्तरण गरेका थिए।
कार्यक्रमको बारेमा टिप्पणी गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर पाण्डेले भने, ‘हाम्रो उद्देश्य सकेसम्म धेरै मानिसहरूसम्म पुग्नु र विद्यार्थीको शिक्षाको लागि समावेशी वातावरण सिर्जना गर्नु हो। यस्ता कार्यक्रमहरुले व्यवसायलाई दीर्घकालीन रुपमा समाज, सर्वसाधारण र कम्पनी कै आवश्यकतालाई सम्बोधन गर्दछन् भन्ने कुरा मा हामी विश्वास गर्दछौं।’
FACEBOOK COMMENTS