काठमाडौं । सांसद अमरेश कुमार सिंहले २४ प्रतशित ब्याज लिनेलाई मिटरब्याजसम्बन्धी कानुन लाग्ने कि नलाग्ने भनेर प्रश्न गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा मिटरब्याजका विषयमा सांसदहरुले उठाएका प्रश्नमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि पुन: प्रश्न सोध्दै सांसद सिंहले २४ प्रतशित ब्याज लिनेलाई मिटरब्याजसम्बन्धी कानुन लाग्ने कि नलाग्ने भनेर प्रश्न गरेका हुन्।
उनले गाउँमा चक्रिय ब्याज लिनेहरुको तमसुकमाथि कारवाही हुनुपर्ने र गरिबसँग चर्को ब्याज लिने सबैमाथि कारबाही हुनुपर्ने माग गरे।
बैंक तथा वित्तीय संस्थाहरुले ऋण लिने व्यक्तिलाई जानकारी नै नदिइ ब्याज लिएको कुरामा पनि छानबिन आयोगले हेर्नुपर्ने सिंहले माग गरे।
FACEBOOK COMMENTS