काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी मिट २०२३ धुलिखेलमा भव्यतासाथ सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा एमडीआरटी २०२३ का लागि मनोनित सम्पूर्ण एमडीआरटीहरूलाई सम्मान गर्नुका साथै सीओटी हुन सफल गौरवकुमार शाही र टीओटी कमलप्रसाद घिमिरेलाई विशेष सम्मान गरिएको छ। साथै, टीओटी कमलप्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाइकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरे।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरूले उक्त कार्यक्रममा सीओटी टीओटी तथा एमडीआरटीहरूलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए।
सोही कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तिहरूले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए। उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरूबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरू समावेश गरिएको छ।
यस कार्यक्रमले आगामी वर्षहरूमा एमडीआरटी संख्या अझ वृद्धि गर्ने हौसला मिलेको कुरा सीओटी गौरवकुमार शाहीले जानकारी गराए। सोही कार्यक्रममा टीओटी कमलप्रसाद घिमिरेले अभिकर्ता पेसालाई मर्यादित बनाउन अहोरात्र आफू खटिने जानकारी गराए।
कार्यक्रममा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरूको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न प्रेरित गरेका थिए।
सूर्य लाइफ र ज्योति लाइफको सफल मर्जरपश्चात् बनेको आईएसओ ९००१: २०१५ बाट सम्मानित सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पुँजी ४.५४ अर्ब रुपैयाँ रहको र देशभर १८१ शाखा कार्यालयहरूबाट बीमा सेवा प्रदान गर्दै आएको छ।
FACEBOOK COMMENTS