काठमाडौं । अहिले सामाजिक सञ्जालमा तिब्बती धर्मगुरू दलाई लामाको एउटा भिडिओ भाइरल छ ।
भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा निर्वासनमा रहेका लामाले उक्त भिडिओमा एक बालकको ओठमा चुम्बन गर्छन्, त्यसपछि आफ्नो जिब्रोमा पनि चुम्बन गर्न आग्रह गर्छन् ।
भिडिओलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि लामाले ती बालकको परिवारसँग माफी मागेका छन् । लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ुुउक्त बोली र व्यवहारबाट ती बालक र उनका परिवारलाई चोट पुगेको भए माफी माग्न चाहन्छु ।ुु
केही शीर्ष बौद्ध धर्मगुरुहरूले दलाई लामा चञ्चल स्वभावको भएको र उनले यसरी नै जिस्क्याउने गरेको अभिव्यक्ति दिएका छन् । जिब्रो र नाक तिब्बती संस्कृतिको एक भाग भएको भन्दै उनीहरूले सकारात्मक टिप्पणी गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS