काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो व्यावसायिक स्वार्थपूर्ति भएन भनेर नेपाल राष्ट्र बैंकलाई गाली नगर्न चेतावनी दिएका छन्।
राजधानीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले व्यवसायीहरुको स्वार्थभन्दा नेपाल राष्ट्र बैंकले देशको समग्र अर्थतन्त्र हेर्ने भन्दै व्यवसायीहरुलाई उक्त संस्थामाथि आरोप नलगाउन आग्रह गरे।
कोभिडको समयमा धेरै कुरा थन्किएको र त्यसलाई चलाउन कति कठिन भएका बेला सरकारले सहयोग गरेको उनले स्मरण गराए।
रिकभर हुन चाहनेहरुलाई पहिलो प्राथमिकता दिन भनेर राष्ट्र बैंकले भनेका बेला व्यवसायीहरुले दुरुपयोग गरेको कुरा स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
उनले सरकारले दिएको सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्नेहरुलाई राष्ट्रबैंकले कारबाही पनि गरिरहेको पनि जानकारी दिए। उ
नले बैंक र बैंकका सिइओहरुलाई कारबाही गरेको भन्दै थप अध्ययन भइरहेको बताए। उनले कर्जा दुरुयोग गरी बैंकिङ प्रणालीमै समस्या ल्याउने काम गरे बैंकिङ कसुरअनुसार कारबाही गर्ने चेतावनी दिएका छन्।
साथै ऋण लिएर कर्जा तिर्दिन भन्नु अराजकता भएकाले कारबाहीका लागि प्रक्रिया अघि बढाइरहेको उनले बताए। उनले भने, ‘ऋण लिएपछि तिर्न पर्दैन भन्नेजति अराजक कुरा केही हुन सक्दैन। हामी थप कारबाहीका लागि लागि रहेका छौं। कुनै न कुनै रुपमा कारबाही गर्छौं।’
ऋणीले ऋण नपाउने कुरामा यस्ता व्यवहारलेसचेत बनाएको भन्दै यस्तो विरोध हुने क्षेत्रमा लगानी गर्न हुँदैन भन्ने बैंकले सिकेको उनले बताए। अहिले व्यवसायीक गतिविधि नबढेकोमा नआत्तिन आग्रह गर्दै उनले विस्तारै सहज हुने आश्वासन दिए।
यस्तै लघुवित्तको समस्या समाधानका लागि एउटा अध्ययन समिति बनाइएकाले त्यसपछि सुधार हुँदै जाने विश्वास व्यक्त गरे।
ग्रामीण बैंकिङको अवधारणबाट अहिलेको व्यवसायीका रुपमा जानु हुन्थ्यो कि हुँदैन भन्ने पनि अध्ययन गरेर निकास दिइने उनको भनाइ छ।
FACEBOOK COMMENTS