काठमाडौं । रष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई विभूषित गरेका छन् ।
असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण आज नयाँ वर्षको दिन प्रदान गरिएको हो ।
महासंघका अध्यक्ष ढकाल सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित भएका हुन् ।
शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले ९ सय ८२ जनालाई विभूषण प्रदान गरेका हुन् ।
FACEBOOK COMMENTS