![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
नयाँदिल्ली । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार शुरु भएको छ । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पु¥याइएर उपचार शुरु गरिएको छ ।
नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु र चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा।निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ ।
FACEBOOK COMMENTS