काठमाडौं, पुस ४ – मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल बनाइ ठगी गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले वरुण वेभरेज विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
विभागले ६४ करोड ९६ लाख कर छली गरेको भन्दै पेप्सी उत्पादक वरुण वेभरेज सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो । विभागले वरुणविरुद्ध ६४ करोड बिगो र त्यसको दोब्बर जरिमानासहित १ अर्ब ९४ करोड रुपैयाँ जरिमाना हुनुपर्ने ठहरसहित सञ्चालकविरुद्ध ३ वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरेको छ ।
विभागले राजस्व ठगीका प्रमुख योजनाकारका रूपमा रहेका वरुणका सञ्चालक अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रवीनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमार माथि तीन वर्ष कैद सजायको मागसमेत गरेको छ ।
विभागले गरेको अनुसन्धानबाट वरुण वेभरेज प्रालिले आव २०७०/७१ देखि २०७५/७६ सम्ममा झुटा तथा मुअ कर बिजकको कारोबारबाट मुअ करतर्फ २५ करोड ३४ लाख ६ हजार ९ सय ४० रुपैयाँ आयकरतर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख ९५ हजार ४ सय रुपैयाँ छली गरेको विभागले जनाएको छ ।
FACEBOOK COMMENTS