काठमाडौं, पुस ४ – विश्व लोकप्रिय ब्राण्ड कियाले नेपाली बजारमा मिड–एसयुभी कार सेल्टोस ल्याएको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले शुक्रबार राधानिमा एक कार्यक्रमको आयोजना गर्दै सेल्टोस सार्वजनिक गरेको हो ।
कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको थियो । भारतीय बजारमा प्रवेश गरेको १० दिनमै नेपाल भित्र्याइएको कन्टिनेन्टलले जनाएको छ ।
कोरियन ब्राण्ड कियाको नविन उत्पादन सेल्टोसलाई ग्लोबल मोडलसमेत भनिएको छ । केहि समयअघि मात्र भारतीय बजारमा सार्वजनिक भएको सेल्टोसले अपार सफलता पाएको थियो भने बजारमा प्रवेश पाएको छोटो समयमा नै सेल्टोसले अन्य ब्राण्डहरुलाई पछि पार्दै चौथो स्थानमा पर्न सफल भएको थियो । जुन कार नेपालमा समेत अपेक्षा गरिएको छ ।
यस्तो छ विशेषता ?
सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी—कट स्टेरिङ, युभी ग्लास जस्ता प्रमुख विशेषताहरु यसमा रहेका छन् ।
१.४ भारत ६ इन्जिनको प्रयोग गरिएको सेल्टोस लुक्स, पर्फमेन्स्, सुरक्षा लगायत सबै फिचर्सहरुले उत्कृष्ट रहेको कम्पनी दाबी गरेको छ । सेल्टोस १.४ पेट्रोल र १.५ पेट्रोल÷डिजेल इन्जिनमा उपलब्ध रहेको छ । भारत–६ इन्जिन जडित सेल्टोसमा १.४ पेट्रोल इन्जिनमा ६ हजार आरपिएममा १४० पिएसको अधिकतम पावर र एक हजार ५ सयदेखि ३ हजार २ सयको आरपिएममा २ सय ४२ एनएमको अधिकतम टर्क उत्सर्जन गर्छ । भने, १.५ को पेट्रोल इन्जिनले २ सय ५० र १.५ को डिजेल इन्जिनले एकसय ४४ एमएमको टर्क उत्सर्जन गर्छ ।
यसका साथै, सुरक्षाको रुपमा पनि सेल्टोस उपयोगी र परपर्दो रहेको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राजेज कम्पनीका प्रमुख सुहृद घिमिरेले बताए । किया सेल्टासमा सुरक्षाको लागि सबैभन्दा धेरै काम गरिएको छ’ उनले भने, एयर प्युरिफायर देखि कारको बनावटमा सुरक्षालाई प्राथमिकतामा राखिएको छ ।’
कति पर्छ मूल्य ?
किया मिड—एसयुभी सेल्टोसधको नेपाली बजारमा सुरुवाती मूल्य ४९ लाख ९० हजार तोकिएको छ । यसका साथै मोडल अनुसार मूल्य पनि फरक फरक रहेको छ । सेल्टासको मूल्य ४९ लाख ९० हजार देखि ८० लाख रुपैयाँ सम्म रहेको छ । नेपाली बजारमा उपलब्ध भेरियन्टको आधारमा मूल्य निर्धारण गरिएको कम्पनीले बताएको छ ।
यस्तो छ मूल्यः
१. एचटिके ४९ लाख
२. एचटिके प्लस ५७ लाख ९० हजार
३. एचटिएक्स ५९ लाख ९० हजार
४. एचटिएक्स प्लस ६६ लाख ९० हजार
औपचारिक रुपमा सेल्टोस सार्वजनिक भएसँगै ११ वटै कियाको शोरुमहरुबाट सेल्टोसको विक्रि वितरण तथा बुकिङ्ग खुल्ला भएको कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS