काठमाडौं, पुस ७ – विश्वप्रसिद्ध मोटरसाइकल ब्राण्ड रोयल इन्फिल्डले भ्रमण बर्ष २०२० को अवसर पारेर ‘ट्रिजर हन्ट राइड २०१९’ बृहत मोटरसाइकल र्याली आयोजना गरेको छ ।
नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता एम.भी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलस् प्रा।लि।ले बृहत्त मोटरसाइकल र्यालीको आयोजना गरेको हो ।
कम्पनीले गत शनिबार बालाजुस्थित रोयल इन्फिल्ड मोटरसाइकलको आफ्नै शोरुम देखि काभ्रेको हिमालयन मोटरल्याण्ड धुलिखेलसम्म र्यालीको आयोजना गरेको हो ।
कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथी भ्रमण वर्ष २०२० का सदस्य सचिवी बच्चु नारायण श्रेष्ठ रहेका थिए । उनले सहभागीहरुलाई यात्राको लागी शुभकामना दिए ।
करिब २५० रोयल इन्फिल्ड मोटरसाइकलको सवारीमा लगभग ३७५ राइडरहरुको सहभागिता रहेको उक्त र्याली हिमालयन मोटरल्याण्ड, धुलिखेल पुगेर विविध कार्यक्रम गरी सम्पन्न भएको थियो । उक्त कार्यक्रममा मोटरसाइकल खेल प्रदर्शन गरिनुका साथै फिगर इट आउट, टग अफ वार, पुस योर सोल र स्लो रेस जस्ता भाइचारा अनि आपसी मेल बढाउने खेलहरु प्रदर्शन गरिएको थियो ।
प्रतिसपर्धात्मक रुपमा खेलाइएको खेलमा सुमित प्रजापति फिगर इट आउट खेलका बिजेता भएका थिए । त्यस्तै, राजेश महर्जनले दोश्र्रो र सन्देश खडका तेश्रो भए । त्यस्तै, सुप्रिम भण्डारी, कुशल खडका, नकुल थापा, सुमेश लामा र कल्पन राई टग अफ वार खेलका विजेता भएका थिए । सुनभ भण्डारीले पुस योर सोल खेल मा प्रथम स्थान हात पारे भने सुप्रिम भण्डारीले दोश्र्रो स्थान, र सुजलथापाले तेश्रो स्थान हात पार्न सफ्mल भए । सन्देश खडका स्लो रेसका बिजेता भए भने सनिस कर्मचार्य दोश्र्रो तथा भुपेन्द्र वैद्य तेश्रो भए ।
बिजेताहरुलाई धुलिखेल नगर पालिकाका मेयर अशोक ब्यन्जु श्रेष्ठ र रोयल इन्फिल्डका हेड अफ अपरेसन मेघराज पौेडेलले ट्रोफी तथा मेडलले प्रदान गरेका थिए ।
भ्रमण वर्ष २०२० को प्रचार एवं प्रवद्र्धन,सडक सुरक्षा, ट्राफिक नियमको पालना र जन चेतनातथा स्वस्थ्यजीवन शैलीको सन्देश प्रवाह गर्ने ¥यालिको मुख्य उद्देश्य रहेको थियो ।
FACEBOOK COMMENTS