काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समिति बैठकले सिफारिस गरेको हो ।
एसपीमा बढुवा सिफारिस हुनेहरूमा डिएसपी गौतम कुमार केसी, वसुन्धरा खड्का, अपिलराज बोहरा, नवराज कार्की, गोविन्द पुरी, रविन्द्र बहादुर सिंह, चित्र बहादुर गुरुंग, रामप्रसाद घर्तिमगर, वासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेश रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्याम कुमार राई, गोविन्दराज काफ्ले नरेन्द्र चन्द, राजन भुजेल रहेका छन् ।
बढुवा समितिको निर्णयविरुद्ध ७ दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सकिन्छ । उजुरी नपरेमा गृहमन्त्रीले सिफारिसलाई बढुवा नियुक्ति निर्णय गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।