काठमाडाैं । गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिला (अर्थ) मन्त्री जितप्रकाश आलेले प्रदेशको खस्कँदो आर्थिक नीति सुधार्ने गरी काम गरि काम गर्ने बताएका छन् ।
पहिलाे पटक तनहुँ आएका मन्त्री आलेले आफ्नो कार्यकालमा प्रदेशवासीको आर्थिक सुधारको कार्यक्रम नै मुख्य प्राथमिकतामा पर्ने बताए।
‘अहिले मुलुकको आर्थिक अवस्था खस्कँदो छ । प्रदेशको आर्थिक अवस्थालाई सुधार गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ’, उनले भने ।
मन्त्री आलेले आफूले जिल्ला र प्रदेशका जनतामाथि विश्वासघात नगर्ने बताउँदै नागरिकको हितलाई केन्द्रमा राखेर इमान्दारीपूर्वक मन्त्रालयको क्षेत्राधिकारलाई सदुपयोग गरी काम गर्ने बताए ।
उनले प्रदेशको आगामी बजेटमा जनमैत्री कार्यक्रम पर्ने उल्लेख गरे ।
FACEBOOK COMMENTS