काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने अभ्यास छ।
उक्त अभ्यास अन्तर्गत नयाँ सरकारले नयाँ नीति तथा कार्यक्रम पेस गरेको हो। सरकारको नीति तथा कार्यक्रम अन्तर्गत बजेट निर्माण अघि बढ्नेछ। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्न अहिले दुवै संसदको संयुक्त बैठक बस्न लागेको छ।
संसदीय लोकतान्त्रिक शासन प्रणाली अभ्यास गरेका मुलुकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम सङ्घीय संसद्मा प्रस्तुत हुने र त्यसमाथि छलफल भई पारित गर्ने अभ्यास रही आएको छ ।
सरकारले आज पेस गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । छलफलमा उठेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन् ।
नीति तथा कार्यक्रम पारित भएपछि प्रत्येक वर्ष जेठ १५ गते अर्थमन्त्रीले सदनसमक्ष आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ ।
#LIVE
FACEBOOK COMMENTS