काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा संकलित विवरणहरुको तुलनामा निकै न्यून मात्रामा राष्ट्रिय परिचय पत्र वितरण गरेको छ ।
सरकारले १ करोडभन्दा धेरैको विवरण संकलन गरेकोमा १.१५ प्रतिशतलाई मात्रै राष्ट्रिय परिचय पत्र वितरण भएको हो ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणकाअनुसार सरकारले चालु आवको फागुनसम्म १ लाख ३३ हजार २५ जनालाई राष्ट्रिय परिचय पत्र वितरण गरेको छ ।
यो अवधिमा सरकारले १ करोड १४ लाख ६९ हजार १ सय जनाको विवरण संकलन गरेको थियो ।
तर, संकलित विवरणमध्येबाट सरकारले निकै न्युन मात्रामा राष्ट्रिय परिचय पत्र वितरण गरेको हो ।
FACEBOOK COMMENTS