काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश हुँदै छ । अपराह्न ४ बजे सरकारकातर्फबाट अर्थमन्त्री डा। प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०७८/८१ को बजेट प्रस्तुत गर्नेछन् ।
उनले संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय)को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा नबढेर आउने छ ।
अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । यस वर्ष आर्थिक मन्दीका कारण बजेटमा नयाँ कार्यक्रम नराखिएको अर्थमन्त्री महतले बताए ।
FACEBOOK COMMENTS