काठमाडौं । नेपालमा चिन र भारतबाट साढे ५ वर्षमा साढे ५ अर्बको लसुन आयात भएको छ । आर्थिक वर्ष २०७५र७६ देखि चालू आवको जेठसम्ममा चीन र भारतबाट ५ अर्ब ५२ करोड ७६ लाख रुपैयाँबराबरको लसुन मात्र आयात भएको हो ।
आव २०७६र७७ देखि चालू आवको जेठसम्मका चार वर्षमा चीनबाट मात्रै ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँको लसुन आयात भएको छ । त्यस्तै भारतबाट ९० करोड १९ लाखको आयात भएको छ । आव २०७५र७६ मा देशअनुसार लसुन आयातको विवरण भन्सार विभागले उल्लेख गरेको छैन ।
पाँच वर्षको अवधिमा ५० हजार २१२ मेट्रिक टन लसुन नेपाल भित्रिएको छ । नेपालले आर्थिक वर्ष २०७५र७६ मा ८३ करोड ३० लाख रुपैयाँबराबरको ९ हजार २७७ मेट्रिक टन, आव २०७६र७७ मा ७५ करोड ४२ लाखबराबरको ६ हजार ९७३ मेट्रिक टन र २०७७र७८ मा १ अर्ब ५० करोड १९ लाख रुपैयाँबराबरको १३ हजार ४२५ मेट्रिक टन लसुन आयात गरेको छ ।
त्यस्तै आव २०७८र७९ मा १ अर्ब २४ करोड ८ लाख रुपैयाँबराबरको १० हजार ४९६ मेट्रिक टन र चालू आवको ११ महिनामा १ अर्ब १९ करोड ७६ लाख रुपैयाँबराबरको १० हजार ४० मेट्रिक टन लसुन आयात भएको छ ।
दुवै देशबाट सुकेको लसुन र धुलो (पेस्ट) नेपाल भित्रिने गरेको छ ।
FACEBOOK COMMENTS