काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तदर्थ समितिमा ४ सय सदस्य थप गरिएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्वान गुरुङको अध्यक्षतामा रहको तरुण दलको तदर्थ समितिमा गए राति चार सय सदस्य थप गरिएको हो ।
सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गर्नुभएको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए । यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि उनले सदस्य थप गरेका थिए।
FACEBOOK COMMENTS