काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कालाई भ्रष्ट्रचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा खड्कालाई दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा। खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो । विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैंया विगो भराउने आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्द १८ करोड भन्दा बढीको बिगो माग दाबी सहित विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो । खड्काले १८ करोड ६६ लाख रुपैयाँ बराबर अकुत सम्पत्ति आर्जन गरेको अभियोगसहित अख्तियारले २३ पुस २०७८ मा उनी विरुद्द मुद्दा दायर गरेको थियो। उनले अन्य ब्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढीको सम्पत्ति समेत जफत गर्न अख्तियारले माग गरेको थियो ।
सरकारले मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाएको ९ महिनापछि खड्काले पदबाट राजीनामा दिएका थिए।
FACEBOOK COMMENTS