काठमाडौं । मर्जरमा गएका दुई जीवन बीमा कम्पनी प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २९ गतेबाट आफ्नो एकीकृत कारोबार गर्ने भएका छन् । प्रभु महालक्ष्मी लाइफको नामबाट कारोबार गर्न लागेका यी कम्पनीहरुले एक बराबर एकको अनुपातमा आफ्नो स्वाप रेसियो कायम गरेका हुन् ।
नयाँ बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओको जिम्मेवारी महालक्ष्मी लाइफका सीईओ रमेशकुमार भट्टराईलाई दिइएको छ । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले पनि सीईओ भट्टराईको नियूक्ती सम्बन्धि प्रस्ताव सदर गरेको छ ।
विगत ६ महिना अघिदेखि नै मर्जरको लागि प्रयास गरेका यी कम्पनीहरुले आर्थिक वर्षको अन्तिम समयलाई आफ्नो मर्जरको उपयुक्त समय मानेका छन् । बीमा प्राधिकरणले पनि असार मसान्तसम्म मर्जरको काम सक्न निर्देशन दिइरहेको बेलामा प्रभु र महालक्ष्मी लाइफले आजै एकीकृत कारोबारको मिति समेत तय गरेको हो ।
FACEBOOK COMMENTS