काठमाडौं । धितोपत्र बोर्डले सोनापुर मिनरल्स एण्ड आयललाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्न धितोपत्र अनुमति दिएको छ ।
कम्पनीले १ अर्ब ६६ करोड ६१ लाख ४९ हजार ७३८ रुपैयाँको १ करोड २३ लाख २ सय किता सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले स्थानीय र कम्पनीका कर्मचारीलाई अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २२५ रुपैयाँ र सर्वसाधारणलाई अंकित मूल्यमा प्रतिकित्ता १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गेर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले सेयर निष्कासन गर्ने भएको छ ।
यसको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS